Connect with us
Kapilvast Forest

पत्रकार पाण्डेलाई थुनामुक्त गराउन परराष्ट्रको निर्देशन

२०७८, १९ चैत्र शनिबारमा प्रकाशित

 

काठमाडौँ – यूएईमा भिजिट भिसा दुरुपयोग भएकोबारे फेसबुकमा टिप्पणी लेखेकै कारण थुनामा पठाइएका दुबईस्थित पत्रकार उमाकान्त पाण्डेलाई तत्काल थुनामुक्त गराउने पहलका निम्ति परराष्ट्र मन्त्रालयले राजदूत कृष्णप्रसाद ढकाललाई निर्देशन पठाएको छ ।

 

भिजिट भिसा दुरुपयोगमा दूतावासकै भूमिका रहेको भन्दै धारणा राखेपछि डेढ महिनाअघि आबुधावीस्थित दूतावास र स्वयम् राजदूत ढकालकै पहलमा पाण्डेलाई थुनामा पठाउने प्रक्रिया अघि बढाइएको प्रमाणसहितका कागजात बाहिर आएको थियो । नेपाल पत्रकार महासंघले राजदूत ढकालको नियतपूर्ण व्यवहारबारे परराष्ट्र सचिव भरत पौड्याललाई लिखित जानकारी गराएपछि ‘तत्काल पाण्डेबारेको मुद्दा फिर्ता लिने, थुनामुक्त गराउने र देशनिकाला (डिपोर्टसन) रोक्ने’ प्रबन्ध तय गर्न दूतावासलाई निर्देशन पठाइएको हो । ‘पहिलो चरणमा नेपाली नागरिकले पाएको अनाहकको हैरानी र अन्यायपूर्ण थुनाबारेमा दूतावासले आफ्नो भूमिका निर्वाह गर्नु जरुरी छ, त्यसपछि मात्रै राजदूतको गतिविधिबारेमा प्रश्न गर्ने वा कारबाहीका अरु प्रक्रिया अघि बढ्न सक्नेछन्,’परराष्ट्र स्रोतले कान्तिपुरसँग भन्यो ।

 

पाण्डेले आफ्नो फेसबुकमा ‘यूएईमा भिजिट भिसाको समस्या कहिल्यै समाधान हुँदैन किनकि भिजिट भिसालाई प्रोत्साहन र सहयोग दूतावास आफैंले गरिरहेको छ’ भन्दै भिजिट भिसाको मुख्य जरो दूतावासभित्रै रहेको टिप्पणी गरेका थिए । पाण्डेको मुद्दामा दुबइ उच्च अदालतले ३ महिना जेल, ८ लाख रुपैयाँ जरिवाना, मोबाइलसहितको सम्पत्ति जफत गर्ने र देश निकाला (डिपोर्टेसन) गर्ने प्रारम्भिक फैसला गरिसकेको छ । अब दूतावासले यूएई सरकारको उच्च अदालतमा रहेको मुद्दा फिर्ताका लागि प्रक्रिया अघि बढाएमा मात्रै यो मामला सुल्झनेछ ।

आबुधावीस्थित नेपाली राजदूत र दूतावासको स्वेच्छाकारी कदमको विरोधमा पत्रकार महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै, कुनै पनि विषयमा आफ्नो विचार अभिव्यक्त गर्ने अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा भएको गतिविधिबारे अन्तर्राष्ट्रिय पत्रकार महासंघ, कमिटी टु प्रोटेक्ट जर्नालिस्ट, रिपोर्टर विदाउट बोर्डरसहितका निकायलाई पनि जानकारी गराइसकेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu