Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा कृषि गणना हुने

२०७८, १९ चैत्र शनिबारमा प्रकाशित

अर्घाखाँची – अर्घाखाँचीमा आगामी वैशाख ५ गतेबाट कृषि गणना हुनेभएको छ ।३ नगरपालिका र ३ गाउँपालिका रहेको जिल्लामा आगामी वैशाख ५ गतेबाट गणना गर्न लागिएको हो ।

जिल्लाभरमा ४३ गणक र ११ सुपरभाईजर फिल्डमा खटाईने कृषि गणना कार्यालय अर्घाखाँचीले जनाएको छ ।४५ दिनसम्म सञ्चालन हुने अभियानमा प्रत्येक घर घरमा गणक पुगी जग्गाको आधार, जग्गाको उपभोग ,बाली लागेको क्षेत्रफल, उत्पादन, सिँचाइ, पशुपन्छी संख्याको तथ्याङ्क संकलन गरिने कृषिगणना कार्यालय अर्घाखाँचीका प्रमुख रामबहादुर थापाले जानकारी दिनुभयो ।

यस्तै, अभियान सफल बनाउनको लागि सबै क्षेत्रको साथ सहयोगको आवश्यकता रहेकाले अभियानको क्रममा सत्य तथ्य जानकारी सबै कृषकलाई दिन प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले आग्रह गर्नुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu