Connect with us
Kapilvast Forest

कपिलवस्तुमा राप्रपाको चुनावी जागरण अभियान सुरु

२०७८, १९ चैत्र शनिबारमा प्रकाशित

कपिलवस्तु -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को शिवराज नगर समितिले स्थानीय निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेको छ ।
लुम्विनी प्रदेश कोषाध्यक्ष सईद अहमद शाहका अनुसार स्थानीय तहको निर्वाचनलाई लक्षित गरि राप्रपा जागरण अभियान सुरु गरेका छौ ।                                        राप्रपाको चुनावी अभियान ’जनताको माझमा राप्रपा, जनजनमा राप्रपा, मनमनमा राप्रपा नारा सहित व्यापक घरदैलो अभियान आज देखि सुरु भएको प्रदेश कोषाध्यक्ष सइद अहमद शाहले बताउनु भयो ।

पाटीको चुनावी अभियान अनुसार आज कपिलवस्तुको शिवराज नगरपालिकाका विभिन्न गाउँमा सायौ कार्यकर्ता सहित प्रचारप्रसार गरिएको छ ।
राप्रपा जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, प्रदेश सदस्य देव किरण श्रीवस्तवा, नगर अध्यक्ष राम बहादुर रायमाझी, शिवराज नगरको प्रस्तावित उपमेयरको उम्मेदवार विपासा चौधरी, प्रस्तावित वडाअध्यक्ष उम्मेदवारहरु रामु भुसाल, सनाउल्ला मुसलमान, मन्सुर अहमद खा लगायतको  सहभागीतामा चुनावी अभियान तथा जागरण सुरु भएको थियो ।      अभियानमा सायौ मोटरसाइकल, गाडी सहित चुनावी चुनावी अभियानका जिंगाल समेत बजाइएको थियो । अभियानमा राप्रपा शिवराजका ११ वडाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu