Connect with us
Kapilvast Forest

पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता, आजदेखि इन्धन विक्री सहज हुने

२०७८, २० चैत्र आईतवारमा प्रकाशित

nepal-aayal-nigam.jpeg

काठमाडौं- आजबाट चरणवद्ध आन्दोलनमा उत्रेका पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता भएको छ । नेपाल आयल निगमसँगको वार्तापछि व्यवसायीहरूले आज चैत २० गतेदेखि गर्ने भनेको चरणवद्ध आन्दोलन फिर्ता लिएका हुन् । नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष कुशकुमार मल्लीका अनुसार आन्दोलनरत पक्ष निगमसँगको वार्ताबाट सकारात्मक निष्कर्ष आएकाले आन्दोलन फिर्ता भएको बताए ।

आन्दोलनरत पक्षले राखेको मागमध्ये बुँदा नं। ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुँदा नं. ६ को एल.पी ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ (सात) दिन भित्र दुबै पक्ष बसेर छलफल गर्ने निष्कर्ष निकाल्ने सहमति भएको उनले बताए । उनका अनुसार पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेष्ठ १५ (पन्ध्र) सम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यसअघि, पेट्रोलियम ढुवानी व्यवसायी, पम्प व्यवसायी र खाना पकाउने एलपी ग्यास उत्पादक व्यवसायीहरूले संयुक्त संगठन बनाएर देशभर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण ठप्प पार्ने घोषणा गरेका थिए । उनीहरूले विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको मूल्य बढेको तर निगमले आफूहरूको ढुवानी भाडा नबढाएको बताउँदै आएका थिए ।आन्दोलनरत पक्षसँग बार्ता सफल भएकाले आजदेखि पेट्रोलियम पदार्थको विक्री वितरण सहज हुने नेपाल आयल निगमले बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu