Connect with us
Kapilvast Forest

बतास समूहद्वारा पत्र बुझ्नसमेत अस्वीकार

२०७८, २० चैत्र आईतवारमा प्रकाशित

काठमाडौं-तिलगङ्गास्थित नेपाल-भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन बतास समूहले अस्वीकार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत होटल आनन्द हटाइ धर्मशाला खाली गरिदिन बिहीबार नै पत्राचार गरेको हो।

तर बतास समूहले पत्र बुझ्नसमेत अस्वीकार गरेको कोषका सदस्य सचिव डा. मीलनकुमार थापाले बताए । मन्त्रालयको निर्देशनपछि धर्मशाला खाली गर्न पत्राचार गर्दा बुझन मान्नुभएन उनले भने ।

शुक्रबार र शनिबार सार्वजनिक बिदा परेकाले थप निर्णयका लागि आइतबार कुर्नु परेको भनाइ उनको छ । होटल आनन्द कोषले तोकेको मापदण्ड र सम्झौताविपरीत भएकाले हटाउनुपरेको दाबी मन्त्रालयको छ । यसअघि पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा धर्मशाला भाडा सम्झौताका सम्बन्धमा गठित छानबिन समितिले होटल आनन्दसँगको सम्झौता खारेजीको सुझाव दिएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu