ताप्लेजुङमा चट्याङ लागेर युवाको मृत्यु
ताप्लेजुङ-चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ।शनिबार बेलुकी परेको चट्याङ लागेर सिरिजङ्घा गाउँपालिका वडा नम्बर २ आम्बेगुदिनका मुकेश भट्टराईको निधन भएको हो।
२३ वर्षका भट्टराईलाई शिनबार बेलुकी ९ बजे चट्याङ लागेको थियो।चट्याङ लागेर घाइते उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्था लगिएको थियो।उनलाई तेल्लोकस्थित स्वास्थ्यकर्मीले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।