Connect with us
Kapilvast Forest

२४ घण्टामा २३ संक्रमित थपिए : ६६ जना डिस्चार्ज

२०७८, २० चैत्र आईतवारमा प्रकाशित

 

काठमाडौं- पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ८४७ जनाको पीसीआर परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार थप ६६ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार एक हजार ६२ जनाको एन्टीजेन परीक्षण गर्दा संक्रमितको संख्या शून्यमा झरेको छ।

२४ घण्टामा मृत्यु शून्य रहेको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ८९९ रहेको छ। २४ घण्टामा ३० हजार ४४८ जनाले खोप लगाएका छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj