एमाले सरकार ढाल्नेसँग गठबन्धन गर्दैनौं : ईश्वर पोखरेल
काठमाडौं-प्रेस चौतारी नेपाल चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले सो कुरा बताउनु भएको हो ।
उहाँलेले भन्नु भयो , एमाले नेतृत्वमा भएको कम्युनिष्ट सरकार ढालेर कांग्रेस मूल प्रतिद्वन्द्वी हो उसलाई प्रधानमन्त्री बन भनेर उसको नेतृत्वमा सरकार बनाउने काम गर्ने, त्यो गठबन्धन कायम गर्ने अनि जसले यो काम गर्यो फेरि उनीहरुसँगै गठबन्धन हुन्छ भन्ने कुरै हुँदैन ।’ उहाँले भन्नु भयो , ‘नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन एकदम प्रष्ट हुनुस् ।’
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थानीय आवश्यकता अनुसार स्थानीय तहमा भने कसैसँग तालमेल हुन सक्ने बताउनु भयो । यस्तो २०४८ सालदेखिकै अभ्यास भएको बताउँदै उहाँले भन्नु भयो ‘तर हामी गठबन्धनको हिसाबले जान्नौं ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका नेताहरुसँग भएको भेटबारे सोधिएको प्रश्नमा उनले भेटघाट सामान्य भएको पनि बताउनु भयो ।