Connect with us
Kapilvast Forest

कांग्रेसको घोषणापत्र तयारी समितिमा २८ सदस्य मनोनित

२०७८, २२ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा २८ सदस्य मनोनित गरेका छन ।

उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयानुसार महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको समितिमा आज सदस्य मनोनित भएका छन ।

समितिको सदस्यमा डा आरजु राणा देउवा, मधु आचार्य, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, नृपबहादुर वड, कान्तिका सैजुवाल, गुरुराज घिमिरे, किरण गिरी, हरिप्रभा खड्गी, भीम ढुङ्गाना, दिलीपप्रताप खाँण, वंशलाल तामाङ, विजयशङ्कर यादव, उमा थापा मगर मनोनित हुनुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी समितिको सदस्यमा भुपेन्द्र राई, ममता महतो, डा जुगल भुर्तेल, गेजा शर्मा वाग्ले, जगदीश भट्टराई, प्रताप पौडेल, शङ्कर तिवारी, पुरुषोत्तम नेपाल, डा इन्द्रा अधिकारी, डा अभिमन्यु सिंह, डा बुद्धिमान श्रेष्ठ, मनिष झा, जिमी लामा र शिलशिला आचार्य मनोनित भएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu