Connect with us
Kapilvast Forest

लमजुङमा पनि सत्ता गठबन्धनका दलहरूको तालमेल

२०७८, २२ चैत्र मंगलवारमा प्रकाशित

  काठमाडौं – लमजुङ जिल्लामा क्रियाशील सत्ता गठबन्धनका दलहरुले आगामी स्थानीय निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका छन् ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी (जसपा) का जिल्ला नेतृत्वहरुको बैठकले लमजुङका आठ वटै स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेको हो ।

 

बैठकका निर्णयबारे जानकारी दिन जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति डा. टकराज गुरुङ, नेकपा माओवादी केन्द्रका संयोजक मधु अधिकारी (गुरुङ), एकीकृत समाजवादीका अध्यक्ष रामबाबु अधिकारी र जसपाका अध्यक्ष गमबहादुर तामाङले हस्ताक्षर गरेका छन् ।

बैठकले कांग्रेस जिल्ला सभापति गुरुङको नेतृत्वमा जिल्ला संयन्त्रसमेत बनाएको छ । संयन्त्रमा माओवादी, एकीकृत समाजवादी र जसपाका नेतृत्व छन् ।

 

जिल्लाका आठ वटै पालिकाहरुमा गठबन्धनको संयन्त्र बनाउने निर्णय पनि बैठकले गरेको छ । पालिकास्तरीय संयन्त्रको नेतृत्व नेपाली कांग्रेसका पालिकाका सभापति र सदस्यहरुमा सम्बन्धित पालिकाका गठबन्धन दलका अध्यक्ष वा प्रमुख रहेका छन् ।

बैठकले गठबन्धनको मर्म र भावना अनुरुप सुमधुर सम्बन्ध कायम गर्न, गठबन्धन विरोधी आरोप प्रत्यारोप नगर्न, सामाजिक सन्जाल लगायत सञ्चारका माध्यमबाट गालीगलौज नगर्न आ–आफ्ना दलका नेता–कार्यकर्ताहरुलाई अपिलसमेत गरेको छ ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu