Connect with us
Kapilvast Forest

पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७८, २२ चैत्र मंगलवारमा प्रकाशित

accident

 

जनकपुरधाम- पिकअप भ्यानको ठक्करबाट धनुषाको मिथिला नगरपालिकामा मोटरसाइकल चालक ५६ वर्षीय शेरबहादुर राईको मृत्यु भएको छ।

मंगलबार बिहान ८ बजे मिथिला-११ बाहुनमारास्थित पृथ्वी राजमार्गमा सिन्धुलीबाट बर्दिबासतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ प नम्बरको पिकअप भ्यानले विपरीत दिशाबाट आउँदै गरेको बा ५२ प ५१३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए। राई रौतहटको चन्द्रनिगाहपुर नगरपालिका-५ का रहेको इलाका प्रहरी कार्यालय ढल्ककेवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरी निरीक्षक सुवेदीले बताए। ठक्कर दिने पिकअप र त्यसका चाकल सुनसरीको बराह नगरपालिका-७ का २४ वर्षीय मनिष खत्रीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu