Connect with us
Kapilvast Forest

उदयपुरकी छात्राको हत्या आरोपमा दाजु-बहिनी पक्राउ

२०७८, २२ चैत्र मंगलवारमा प्रकाशित

pakrauu

 

उदयपुर — बेलका नगरपालिका – ३ स्थित १६ वर्षीया कविता सुनुवारको हत्या गरेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरू नातामा दाजु-बहिनी पर्ने बताइएको छ ।

 

मंगलबार बिहानै विद्यालय जाँदै गरेको अवस्थामा कविताको घर नजिकै जसोधा खोलामा हत्या गरिएको थियो। एसईईको तयारीका लागि अतिरिक्त कक्षाका लागि विद्यालय जाँदै गरेकी कविता बाटैमा मृत अवस्थामा भेटिएकी थिइन् ।

 

स्थानीयले जसोधा खोलामा हत्या गरेको अवस्थामा कविताको शव देखेको भन्दै प्रहरीलाई खबर गरेका थिए । तत्कालै प्रहरीले घटनास्थल नियन्त्रणमा लिई प्रारम्भीक अनुसन्धानका क्रममा कविताको हत्या गरेको आशंका लागेर दुई जनालाई पक्राउ गरेको हो ।

बेलका नगरपालिका – ३ मा बस्दै आएका १९ वर्षीय युवक र १७ वर्षीया किशोरीलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले बताए ।

कविताका साथीसमेत रहेका उनीहरुले नै कविताको हत्या गरेको प्रहरीले आशंका गरेको छ । तर हत्याको कारण भने अहिलेसम्म खुलेको छैन । पक्राउ परेका दुई जना नाताले दाजु-बहिनी हुन् ।

 

उनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलाय ल्याइएको प्रहरी उपरीक्षक बोहोराले बताए । उनीहरुलाई अदालतबाट म्याद लिई प्रक्रियमा रहेको प्रहरीले जनाएको छ ।

कविता बिहान ४ बजे घरबाट अतिरिक्त कक्षाका लागि विद्यालय गएकी थिइन्। उनको शव स्थानीयले ७ बजे जसोधा खोलामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको प्रकृति हेर्दा हत्या भएको देखिने भन्दै प्रारम्भिक अवस्थादेखि नै प्रहरीले अनुसन्धान सोही अनुसार अघि बढाएको प्रहरी उपरीक्षक बोहोराले बताए ।

स्थानीयका अनुसार कविताको हत्यामा सीसाको बोतल र ढुंगा प्रयोग गरिएको थियो। घटनास्थलमा बोतल फुटाएर बनाएको एक किसिमको हतियार र ढुंगा भेटिएको प्रहरीले जनाएको छ । मृतकको टाउको, तिघ्रा र शरीरमा बोतलको हतियारले चिरेको गहिरो चोट देखिन्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj