Connect with us
Kapilvast Forest

नेपालमा फूलको व्यापार : आयात बढ्दो निर्यात घट्दो

२०७८, २३ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं -उत्पादनमा करीब ९० प्रतिशत आत्मनिर्भर भएको भनिएको फूलको आयात पछिल्ला वर्षमा ह्वात्तै बढेको पाइएको छ । निर्यात क्रमशस् घट्दै गएको तथ्यांकले देखाउँछ ।

फ्लोरिकल्चर एशोसिएशन नेपालका अनुसार आर्थिक वर्ष (आव) २०७७/७८ मा मुलुकमा ३८ करोड ५३ लाख रुपैयाँ बराबरको फूल आयात भएको छ ।
निर्यात ४८ लाख रुपैयाँमा सीमित छ । कोरोना महामारीको प्रभावसँगै पुष्प व्यवसायमा लगानी घट्दा निर्यात खस्केको व्यवसायी बताउँछन् ।

आव २०७३/७४ मा फूल आयात ११ करोड ३६ लाख र निर्यात ३ करोड ६५ लाख रुपैयाँ बराबर थियो । त्यसपछि आयात क्रमशस् बढ्दै र निर्यात खुम्चिँदै गएको देखिन्छ । चालू आवको ८ महीना (साउन–फागुन) को तथ्यांक हेर्दा १७ करोड ८४ लाख ६९ हजार रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएको देखिन्छ । उक्त अवधिमा ३३ लाख ७८ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

एशोसिएशनका अध्यक्ष मीनबहादुर तामाङ पछिल्ला वर्ष निर्यात घट्दै जानुमा पुष्प व्यवसायीले निर्यातयोग्य फूल उत्पादन गर्न नसक्नु र कोरोना महामारीको प्रभावलाई कारण मान्छन् । ९र१० वर्षअघि नेपालले अमेरिका, अस्ट्रेलियालगायत यूरोपेली मुलुकमा वार्षिक १९ करोड रुपैयाँसम्मको फूल निर्यात गरेको उनले बताए । पछिल्ला वर्ष पुष्प व्यवसायमा ठूलो मात्रामा लगानी हुन नसक्दा अन्तरराष्ट्रिय स्तरमा माग हुने फूल उत्पादन गर्न नसकिएको उनले बताए ।आजको आर्थिक अभियान दैनिकबाट

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu