Connect with us
Kapilvast Forest

मणिग्राममा एक अर्ब बढीको लागतमा एन जि मार्केट सञ्चालनमा

२०७८, २८ चैत्र सोमबारमा प्रकाशित

रुपन्देही -रुपन्देहीको मणिग्राममा एक अर्ब बढीको लागतमा एन जि मार्केट सञ्चालनमा आएको छ । आई.एन. जी. ए सपिड. कम्प्लेक्स प्रालिले तिलोत्तमा नगरपालीका व डानं ५ स्थित् राधाकृष्ण टोलमा मार्ट संचालनमा ल्याएको हो ।

संचालनमा आएको मार्केटमा बैशाख १ गते देखी सर्वसाधारणले शुलभ रूपमा किनमेल गर्न पाउने मार्केटका अध्यक्ष नारायण बञ्जाडेले बताउनु भयो । तीन चरणमा संचालन हुने मार्केटमा पहिलो चरणमा बैशाख १ गते देखी घरायसी समानहरु खाद्यान, लत्ताकपडा, लगायत आवश्यक सम्पुर्ण समानहरु उपलब्ध हुनेछन् ।

साथै एकै पटक चार सय जनाले सेवा लिन सक्ने रेष्टुरेन्ट पनि संचालनमा आउने अध्यक्ष बञ्जाडेको भनाई छ । यस्तै दोसो चरणमा लेडिज तथा जेन्सहरुका लागी आवश्यक बुटिकका सामान देखी लिएर लेजिड एण्ड जेन्स पार्लर , कस्मेटिक लगायतका सामाग्रीहरू उपलब्ध हुनेछन् । तेस्रो चरणमा घर , होटल अफिस लगायतका स्थानहरुमा आवश्यक पर्ने फर्निचरका समानहरुको सोरुमको सुभारम्भ गर्ने तयारी रहेको छ । फनिचर सोरुम आगामी तीन महिनामा सञ्चालनमा आउने अध्यक्ष बञ्जाडेले बताउनु भयो ।

एकै छानामुनी सबै प्रकारका समानहरु पाईने यो मार्ट नेपालकै ठुलो मार्केट रहेको दाबी गरिएको छ । दुई लाख स्क्वायरफुट क्षेत्रफलमध्ये ८० हजार स्क्वायर फुट क्षेत्रफलमा मार्केट रहेको छ । ८० हजार स्क्वायर फुट क्षेत्रफलमा फैलीएको यो नै पहिलो मार्केट रहेको बञ्जाडेले दाबी गर्नु भयो । मार्केट पूर्ण रूपमा सञ्चालनमा आउँदा २ सय जनाले रोगगारी पाउने छन् । हाल मार्केटमा एक सय जनाले रोजगारी पाएका छन् । सिदार्थ राजमार्गको भैरहवा बुटवल सडक खण्ड अन्तरगत मणिग्राममा हाईवेसंग जोडिएको हुँदा धेरै उपभोक्ता यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu