Connect with us
Kapilvast Forest

विष्णु पौडेलको दाबी : चुनावपछि केपी ओली एकल बहुमतको प्रधानमन्त्री

२०७८, २८ चैत्र सोमबारमा प्रकाशित

बझाङ- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चुनावपछि केपी शर्मा ओलीले नयाँ सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । उनले परमादेशबाट विस्थापित भएका ओलीलाई जनादेशबाट पुनर्स्थापना गरिने बताए ।

 

बझाङमा आयोजित एमालेको जनसभामा बोल्दै पौडेलले देश विकासका लागि एमाले सरकारको विकल्प नभएको उल्लेख गरे ।

उनले भने, ‘एमाले बाहेक अरू पार्टीको सरकार बन्दा यो जिल्लामा लाखका, करोडका आयोजना आएका होलान्, तर अर्बका आएका छन्, छैनन् । तर, जब एमाले सरकारमा आउँछ, लाख करोड होइन अर्बौँका आयोजना आउँछन् ।’

 

केपी ओली प्रधानमन्त्री बन्दा चैनपुर ताक्लाकोट सडकलाई मात्रै एक अर्ब ४० करोड रुपैयाँ बजेट छुट्टाइएको उनले स्मरण गरे ।

‘एउटै सडकलाई एक अर्ब ४० करोड बजेट छुट्याउन एमालेको सरकारले मात्रै सक्छ । त्यसैले देश विकासका लागि एमालेको सरकार चाहिएको छ,’ उनले भने ।

अहिले चैनपुर ताक्लाकोट सडक अवरुद्ध भएको भन्दै यसलाई एमाले सरकार आएर सुचारु गर्ने बताए ।

उनले भने, ‘अबको चुनावपछि ओली गठबन्धनको होइन, एमालेको एकल बहुमतको प्रधानमन्त्री बन्नुहुन्छ । यदि यो सडक पूरा होस भन्ने चाहनुहुन्छ भने एमालेलाई साथ दिनुस् ।’

एमालेका अगाडि कुनै पनि गठबन्धन नटिक्ने दाबी पौडेलले दाबी गरे ।

‘यस्ता गठबन्धन एमालेले धेरै पटक देखिसकेको छ । कस–कसले गठबन्धन गर्न सक्छन् गरे हुन्छ । कुनै गठबन्धनले एमालेको विजय यात्रा रोक्न सक्ने छैन । एमालेका अगाडि कुनै पनि गठबन्धन टिक्न सक्ने छैन,’ पौडेलले भने ।

पौडेलले गाउँ–गाउँमा कांग्रेस र माओवादीलाई एक्लै चुनाव लड्ने हिम्मत छ कि छैन भनेर सोध्न कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, उनीहरूलाई सोध्नुस्, एक्लै चुनाव लड्ने हिम्मत छ ? उनीहरू भन्नेछन्– छैन । र, एमालेलाई यसरी विजयी बनाउनुस् कि अर्को चोटि एमालेविरुद्धमा कसैले उम्मेदवारी दिने हिम्मत गर्ने छैन ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu