Connect with us
Kapilvast Forest

एमालेले चिताएको सात दिनमा यो सरकारको जरो उखेलेर फालिदिन्छ:ओली

२०७८, २८ चैत्र सोमबारमा प्रकाशित

बझाङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरि एमालेको पक्षमा जनलहर उर्लिएको बताएका छन् । एमालेलाई जिताउनका लागि जनता चुनावको प्रतीक्षामा रहेको उनको दाबी छ ।

 

बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले एमालेको सरकार केही समयका लागि मात्र ढलेको उल्लेख गरे ।ओलीले भने, ‘परमादेशका माध्यमबाट सरकार अलिकति समयका लागि, तर जनताको मनबाट ढलेन, उखेलिएन । त्यसैले तपाईँहरू चुनावको प्रतीक्षामा हुनुहुन्छ, एमालेलाई जिताउनका लागि । आज देशभरि जनलहर उर्लिएको छ एमालेको पक्षमा ।’

 

उनले थपे, ‘एमाले सरकारमा छैन, प्रतिपक्षमा छ । एमालेले मन्त्री बनाउँदैन । कसैलाई राजदूत नियुक्त गर्दैन । तर, सत्तारुढ पार्टीका कार्यकर्ताहरू खोलो पहिरो भएर एमालेमा प्रवेश गरिरहेका छन् ।’ओलीले चुनाव रोक्न सरकारले धेरै कोसिस गरेको बताए । कानून परिवर्तन गरेर, अध्यादेश ल्याएर चुनाव पर सार्न खोजिएको उनको दाबी छ ।उनले गठबन्धन सरकारलाई प्रतिगामी संज्ञा दिए ।

‘अहिलेका प्रधानमन्त्री जहिले सरकारमा जानुहुन्छ लोकतन्त्र बुझाउनुहुन्छ । म आग्रह गर्न चाहन्छु, यसपालि त्यस्तो प्रयास नगर्नुस्,’ उनले भने ।

ओलीले थपे, ‘म उहाँको लुट मण्डलीलाई चेतावनी दिन्छु । वैशाख ३० गतेको निर्वाचन व्यवस्थित र निर्विघ्न सम्पन्न होस भनेर धेरै कुरा सहेका छौँ । यो सरकारले आफूलाई अजम्बरी बुटी पाएको सरकार नसोचे हुन्थ्यो । एमालेको चिताएको सात दिनमा यो सरकारको जरा उखेलेर फालिदिन्छ । तर चुनाव नबिथोलियोस भनेर चुप बसेका छौँ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu