Connect with us
Kapilvast Forest

बाघको आक्रमणबाट एक जनाको मृत्यु

२०७८, २९ चैत्र मंगलवारमा प्रकाशित

वीरगञ्ज – बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-१६ टाँगियाबस्ती बस्ने ३१ वर्षीय सुरेश मगरको मृत्यु भएको हो ।

सोमबार बिहान ९ बजे उनीसहित ४ जना कोल्हबी नगरपालिका-२ स्थित तामागढी साझेदारी वन व्यवस्थापन समूहमा घाँस काट्न गएका थिए ।

 

बाघले उनलाई एक्कासी आक्रमण गरेको थियो । बाँकी तीन जना साथीहरूले हो-हल्ला गरी बाघलाई भगाएका थिए । बाघको आक्रमणबाट घाइते मगरलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उनीहरूले बताएका छन् ।घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu