Connect with us
Kapilvast Forest

लाज पचेकाहरू :सिद्दान्त मिल्नु छैन ,विचार मिल्नु छैन के गठबन्धन:पशुपति शर्मा

२०७८, २९ चैत्र मंगलवारमा प्रकाशित

काठमाडाैँ-चर्चित लोकगायक पशुपति शर्माले गठबन्धनका गर्ने राजनीतिक दलहरू माथि निर्मम प्राहर गरेका छन । गीत संगीतमा विकृति र विसंगतीका बारेमा निर्मम ढंगले व्यग्य र खबरदारी गर्ने शर्माले मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सिद्धान्त र विचार नमिल्नेहरू र एकले अर्कालाई विश्वास गर्न नसक्नेहरूले गठबन्धनको नाटक गरेर जनतालाई भेँडा बनाउन खोजेको उनले बताएका छन ।

 

शर्माले सामाजिक सञ्जाल मार्फत भनेका छन, ‘लाज पचेकाहरुले हो गठबन्धन् गर्नी,,सिद्दान्त मिल्नु छैन विचार मिल्नु छैन,,,चुनावि घोषणा पत्र आफ्ना आफ्ना छन्,,,,के हो यो गठबन्धन,,,,,आफुमा बिश्वास छैन भने जनताको बिश्वास कसरी जित्छौ !!!!! कार्यकर्ता र जनता कती भेडा हुन्छौ सोच्नी बेला भयो अब ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj