Connect with us
Kapilvast Forest

नारायण दाहालको स्पष्टीकरण : प्रचण्डको परिवार भएकाले अवसर गुमाएको छु

२०७८, २९ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं- राष्ट्रियसभा सदस्य नारायण दाहालले आफ्नो मनोनयनको बचाउ गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारिक सदस्य भएकै कारण राष्ट्रियसभा सदस्यमा मनोनित गरेको भन्दै आलोचना भइरहेका बेला दाहालले भने आफूले अवसरहरु गुमाएको दाबी गरेका छन्।

मंगलबार राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दाहालले भने, ‘अध्यक्ष र म एकैदिन होलटाइमर भएर हिँडेको । म निरन्तर पार्टीमा छु, निरन्तर काम गरेको छुु ।’

 

उनले अघि भने, ‘मेरो दाबी छ, यस्तै बाहिरका कुराले मैले जति अवसरहरु पाउनुपर्ने हो, त्यो गुमाएको छु ।’

माओवादी सशस्त्र विद्रोहमा आफू मात्र होइन, परिवारका सबै सदस्य लागेको र निरन्तर पार्टीमा सक्रिय रहेको उनले बताए ।

 

अहिले प्रचण्डको परिवारको सदस्य भएकै कारण अवसर पाएको भन्ने भनाइ लगत भएको उनको दाबी छ । ‘हिजो युद्धमा हिँड्दा तपाईंका छोराछोरीहरु के भन्ने प्रश्न आउँथ्यो,’ राष्ट्रयसभा सदस्य दाहालले भने, ‘म गर्वका साथ भन्छु, हाम्रो परिवारमा अध्यक्षकै छोराछोरीदेखि मेरो छोराबुहारी, श्रीमती सबै युद्धमै थियौं ।’

भरतपुरकी मेयर रेनु दाहाल प्रचण्डकी छोरी भएर कार्यकर्ता र नेताका रुपमा पार्टीमा आएको उनले जिकर गरे । दाहालले अघि भने, ‘भरतपुरमा रेनुलाई हामीले खोजेको होइन, भरतपुरका जनताले खोजेका छन् त्यहाँको विकास निर्माणका कामकारबाहीले गर्दा ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu