Connect with us
Kapilvast Forest

पार्टीभित्रका अन्यायविरुद्ध लड्छौं : शेखर कोइराला

२०७९, १ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं-नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र हुने न्यायपूर्ण निर्णयविरुद्ध संघर्ष गर्ने बताएका छन् ।नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले पार्टीभित्रको काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध लड्ने बताएका हुन् ।

 

पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध पनि हामी संघर्ष गरिरहने छौँ’ उनले शुभकामना सन्देशमा भनेका छन्, ‘उम्मेदवार तय गर्दा निष्पक्षताको लागि हामी लड्ने छौं ।’

उनले मतभेद र मनभेदहरू पार्टीको आन्तरिक जीवनको विषय भएको उल्लेख गर्दै त्यसविरुद्ध पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै जाने बताएका छन् ।

 

साथै, हरेक अनुकूल र प्रतीकुल परिस्थितिमा भने व्यक्तिगत महत्वकांक्षा र स्वार्थलाई त्यागी एक भएर विपक्षीसँग लड्ने प्रण गर्नुपर्ने उनको भनाइ छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu