Connect with us
Kapilvast Forest

डोटीको आदर्श गाउँपालिकामा मतदानबाट छानिए एमाले उम्मेदवार

२०७९, १ बैशाख बिहीबारमा प्रकाशित

डोटी – डोटीको आदर्श गाउँपालिकामा एमालेले मतदानमार्फत अध्यक्षको उम्मेदवार चयन गरेको छ ।गाउँपालिकाको अध्यक्षका लागि तीन जनाको दाबी परेपछि आपसमा सहमति हुन नसक्दा गाउँ कमिटीका पदाधिकारी र सदस्यहरूले मतदान गरेका थिए ।

उम्मेदवार चयनका लागि बसेको गाउँ कमिटी बैठकमा ८९ सदस्यमध्ये ७८ को सहभागिता रहेको गाउँ कमिटीका सचिव चन्द्रदेव ओझाले जानकारी दिए ।सचिव ओझाका अनुसार उम्मेदवारका आकांक्षी डम्मरबहादुर वलीले ४१ मत प्राप्त गरे । यस्तै अर्का प्रतिस्पर्धी नयनबहादुर खड्काले ३६ र जंगबहादुर खड्काले एक मत प्राप्त गरेको ओझाले जानकारी दिए ।

मतदानबाट छानिएका एमालेका उम्मेदवार वली हाल जिल्ला समन्वय समिति, डोटीका सदस्य छन् । एमाले डोटी जिल्ला कमिटी सदस्यसमेत रहेका वली २०५४ सालको स्थानीय निकाय निर्वाचनमा साविकको गिरीचौका गाउँविकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए ।

उपाध्यक्षका उम्मेदवार भने एक/दुईभित्र टुङ्गो लाग्ने सचिव ओझाले जानकारी दिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu