Connect with us
Kapilvast Forest

सप्तरी कांग्रेसमा विवाद बढ्यो, आन्दोलन गर्ने संस्थापन पक्षको चेतावनी

२०७९, २ बैशाख शुक्रबारमा प्रकाशित

रामप्रसाद मण्डल (वायाँ) र रामकुमार यादव

सप्तरी -स्थानीय निर्वाचनको समय नजिकिंदै जाँदा नेपाली कांग्रेस सप्तरीमा विवाद बढेको छ । जिल्ला नेतृत्वका लागि २४ फागुनमा भएको निर्वाचनमा उपसभापति पदमा जित–हारको विषयलाई लिएर विवाद उत्पन्न भएको हो ।

कांग्रेस सप्तरीको निर्वाचनमा उपसभापति पदमा ६ मतले पराजित भएका उम्मेदवारलाई केन्द्रीय निर्वाचन समितिले १ मतले निर्वाचित भएको भन्दै प्रमाण पत्र दिएपछि विवाद चुलिएको छ ।

 

निर्वाचनको मत परिणाम अनुसार उपसभापति पदमा संस्थापन पक्षका फतेह मोहम्द १ हजार ६९ र रामप्रसाद मण्डल १ हजार ५९ मत ल्याएर निर्वाचित भएका थिए । डा. शेखर कोइराला पक्षका उम्मेदवार रामकुमार यादव १ हजार ५३ र ध्रुवनारायण चौधरी ९ सय ५४ मत प्राप्त गर्दै पराजित भएका थिए ।

रामप्रसादसँग ६ मतले पराजित भएका रामकुमारले पुनः मतगणनाको माग गर्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएका थिए । सुरूमा ६ मतले हारेका रामकुमार फेरि गन्दा १ मतले विजयी भएका थिए । केन्द्रीय निर्वाचन समितिले जिल्ला निर्वाचन अधिकृतबाट प्राप्त सक्कल मतगणना रजिष्टर र मतगणना सिट समेत जाँच गरी हेर्दा यादवको १ हजार ५३ र मण्डलको १ हजार ५२ मात्रै देखिएको भन्दै यादवलाई उपसभापति पदमा विजयी भएको प्रमाणपत्र दिएको छ ।

 

 ६ मतले हारेका रामकुमारले फेरि गन्दा १ मतले जिते
केन्द्रीय निर्वाचन समितिले रामप्रसाद मण्डलको नाममा जारी भएको नेपाली कांग्रेस सप्तरी जिल्लाको उपसभापति पदको निर्चाचित भएको प्रमाण पत्र रद्द गर्दै दोस्रो बढी मत प्राप्त गरी निर्वाचित भएका यादवको नाममा उपसभापति पदको निर्वाचित भएको प्रमाण पत्र केन्द्रबाट नै जारी गरी उनलाई प्रदान गर्ने निर्णय गरेको छ ।

जिल्ला निर्वाचन अधिकृतबाट केन्द्रमा प्राप्त सक्कल मतगणना सिट तथा मतगणना सक्कल पुस्तिकमा उल्लेखित मत परिणाम अनुसार दुई जना उम्मेदवारहरुमध्ये रामकुमारले कुल १ हजार ५३ मत र रामप्रसादले १ हजार ५२ मत प्राप्त गरेको स्पष्ट हुँदाहुँदै, मतपरिणामको कुल योगफल निकाल्दा त्रुटी गरी रामकुमारभन्दा १ मत कम प्राप्त गरेका रामप्रसादको मत बढी देखाई, उनलाई निर्वाचित घोषणा गरेको सप्तरी जिल्ला निर्वाचन अधिकृतको निर्णय प्रथम दृष्टिमै गलत र त्रुटीपूर्ण भएकाले उक्त निर्णय खारेज गरिएको केन्द्रीय निर्वाचन समितिको निर्णयमा उल्लेख छ ।

आन्दोलनको चेतावनी

उक्त निर्णय सम्बन्धी पत्र जिल्लामा आएपछि संस्थापन पक्षले आन्दोलन गर्ने चेतावनी दिएको छ । केन्द्रीय निर्वाचन समितिले गरेको निर्णयको भत्र्सना गर्दै संस्थापन पक्षले उक्त निर्णय बदरको माग गरेको छ । निर्णय बदर नगरिए आन्दोलनमा उत्रने चेतावनी उनीहरुले दिएका छन् ।

संस्थापन पक्षबाट निर्वाचित उपसभापति फतेह मोहम्द, सचिव प्रभुनारायण चौधरी र सनत मण्डल, सहसचिवद्वय घनश्याम साह र मनोज कुमार खड्का, क्षेत्रीय सभापति ललन गुप्ता, भूपेन्द्रनारायण मण्डल र महानन्द प्रसाद यादव लगायतले विज्ञप्ती जारी गर्दै आन्दोलनको चेतावनी दिएका हुन् ।

विज्ञप्तीमा रामप्रसादलाई निर्वाचित गरी प्रमाण पत्र समेत प्रदान गरिसकेको अवस्थामा र कार्यवाहक निर्वाचन अधिकृत सन्तोष भण्डारीद्वारा पदभार ग्रहण समेत भइसकेको अवस्थामा केन्द्रीय निर्वाचन समितिले बदनियतपूर्ण ढंगले गलत निर्णय गरेको उल्लेख छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu