Connect with us
Kapilvast Forest

अब रुख पार्टीका जमना गए

२०७९, ३ बैशाख शनिबारमा प्रकाशित

कपिलवस्तु – नेकपा एमालेले शिवराज नगरपालिका वडा नं २ हल्लानगरमा टोलकमिटी गठन गरेको छ । संगठन बिस्तार र सुदृढीकरणको अभियानलाई तीब्र पार्दै एमाले शिवराजले टोल कमिटी गठन गरेको हो ।

नव गठित टोल कमिटीको अध्यक्षमा हिकुमारी मिदुन,उपाध्यक्ष देबिराम अर्याल, सचिव प्रताप पुन, उप सचीव गृष्मा तामाङ्ग, बलमान बुढा,सहित २५ सदस्यीय टोल कमिटी सर्बसहमत गठन गरिएको हो । कार्यक्रममा शिवराज नगर कमिटि उपाध्यक्ष महादेब पोख्रेलले सबै एक भएर चुनावि अभियानमा लाग्न आग्रह गर्दै कुनै हालतमा पनि शिवराजमा एमालेले जित्नु पर्ने बताउनुभयो । हिजका दिनमा बोलेका बाचाहरु र जनताका सपनाहरु पुरा गर्न पनि एमालेकै सरकार बन्नुपर्ने पोख्रेलको भनाई छ ।

नगर कमिटि अध्यक्ष जगत पौडेलले अबको दिनमा रुख पार्टीका जमना गएको बताउदै जनतामा एमाले प्रतिको विश्वास बढेर गएको बताउनुभयो ।
एमाले भनेको बिनास गर्ने पार्टी नभएर देश बनाउने र शुखि बनाउने र सुखि नेपालिको नारालाई सकार पाने पार्टि भएको उल्लेख गर्नुभयो । शिवराजको विकाशका लागि गर्न एमाले जित्नुपर्ने अध्यक्ष पौडेलले बताउनुभयो ।

यस्तै कायैक्रमका प्रमुख अतिथि एमाले जिल्ला कमिटि सदस्य तथा शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी चौधरीले आापनो नाम जोडेर लाल पुर्जा वितरण रोकेको भनेर प्रचार गर्नु गलत भएको बतउदै एमाले भनेको जनताको हितमा काम गर्ने पार्टि भएको र आपनै सक्रियतामा शिवराजका विभिन्न ठाउँमा थुप्रैलाई लालपुर्जा वितरण गरीएको बताउनुभयो । जनताले एमालेलाई जिताएर पठाए पछि बिकासले फड्को मरेको र भोलिका दिनमा पनि नगरको विकाशमा आफु लागि पर्ने चौधरीले बताउनुभयो । शिवराज २ हल्लानगरका एमाले नेता हरी प्रसाद सुवेदिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu