Connect with us
Kapilvast Forest

कांग्रेसले भन्यो- तालमेल सम्भव नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा, तर एमालेसँग मिल्न पाइँदैन

२०७९, ३ बैशाख शनिबारमा प्रकाशित

congress\

काठमाडौं – सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले महानगर र उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहमा तालमेल गर्नैपर्ने निर्देशन केन्द्रबाट नदिने प्रस्ट पारेको छ ।

 

केन्द्रीय कार्य सम्पादन समिति बैठक चलिरहेका बेला पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले जहाँ तालमेल हुन सक्दैन ती ठाउँको रिपोर्ट केन्द्रमा दिनुपर्ने बताए । महतले तालमेल सम्भव नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने तर एमालेसँग भने गठबन्धन गर्न नपाइने बताए ।

महतले भने–कदाचित तालमेल सम्भव भएन भने रिपोर्ट गर्नुहोला भनेका छौँ । महानगरपालिका र उपमहानगरबाहेक अरू नगरपालिका र गाउँपालिकामा त्यही तहबाट तालमेल हुन्छ । यहाँबाट कुनै निर्देशन जाँदैन । उहाँहरूले नै वस्तुस्थिति र आवश्यकता अनुसार तालमेल गर्ने भन्ने निर्णय हो । हामीले बाध्य पार्दैनौँ, मित्रवत् प्रतिस्पर्धा गर्छौँ भनेर जिल्लाका साथीले भन्नुभयो भने त्यही हुन्छ तर एमालेसँग हुँदैन ।

 

कांग्रेसले शीर्ष बैठकको मापदण्डका अनुसार तालमेल सम्भव भएका ठाउँमा तालमेल गर्ने र नभएको अवस्थामा तलकै कमिटीहरूले एक्ला एक्लै लड्ने निर्णय गरेमा स्वतन्त्र रहेको जनाएको छ । तर एमालेसँग भने मिल्न नपाइने भनेको छ ।कार्य सम्पादन समिति बैठकमा महानगर र उपमहानगरपालिकाको हकमा कसरी भागबन्डा गर्ने भन्नेबारेमा छलफल भएको महतले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu