राप्रपाको चुनावी अभियान कपिलवस्तुको तीन स्थानमा सम्पन्न
कपिलवस्तु- राप्रपाको चुनावी अभियान कपिलवस्तुको तीन स्थानमा सम्पन्न भएको छ ।
जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं १ र ६ मा राप्रपाको बृहत चुनावी सभा तथा बुद्धभुमी नगरपालिकाको ६ नं वडामा कार्यक्रम सम्पन्न भएको हो ।
तिनै स्थानमा भएको कार्यक्रममा अन्य पार्टि परित्याग गरि सयौंको सख्यांमा राप्रपामा प्रवेश गरेको राप्रपा लुम्बिनी अध्यक्ष प्रदिप कुमार उदयले जानकारी दिनुभयो ।
राप्रपाको जन लहर भएकोले आगामी स्थानीय तहको निर्वाचनमा राप्रपाका उम्मेदवार विजयी हुने अध्यक्ष उदयले जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा राप्रपा केन्द्रिय सदस्य धुब्र रायमाझी ,राप्रपा जिल्ला अध्यक्ष नारायण बहादुर सिहं, उपाध्यक्ष इदरिस मुसलमान, कपिलवस्तु नगरपालिका र बुद्ध भुमी नगरपालिकाका नगर अध्यक्षहरुको सहभागिता रहेको लुम्बिनी प्रदेशका कोषाध्यक्ष सइद अहमद शाहले जानकारी दिनु भयो ।
राप्रपाको चुनावी कार्यक्रम जिल्लाको विभिन्न स्थानीय तहमा भैरहेको कोषाध्यक्ष शाहले बताउनु भयो ।