Connect with us
Kapilvast Forest

सशस्त्र प्रहरीका डीआईजी अर्याललाई एआईजी बनाउन सिफारिस

२०७९, ५ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं -गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

एआईजी पुष्पराम केसीलाई सरकारले ३० चैतमा महानिरीक्षकमा बढुवा गरेको थियो । त्यसपछि रिक्त रहेको एउटा दरबन्दीमा एआईजी अर्याललाई बढुवा गर्न सिफारिस गरिएको हो ।

एआईजी बढुवाका लागि अर्यालसँगै नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम पनि प्रतिष्पर्धामा थिए । तर वरियतामा अगाडि रहेका अर्याललाई नै एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

हालका आईजीपी केसीले ३० वर्षे सेवा अवधिका कारण १८ वैशाखमा अवकाश पाउँदैछन् । त्यसपछि अर्याल सशस्त्र प्रहरीको नेतृत्वमा पुग्नेछन् । उनले चार वर्षसम्म सशस्त्र प्रहरीको नेतृत्व गर्नेछन् ।

अर्याल र पौडेलले १८ चैत २०५४ मा नेपाल प्रहरीमा निरीक्षकका रुपमा सेवा थालेका थिए । अर्याल चार आईजीपी भए पनि ३० वर्षे अवधिका कारण पौडेल अझै संगठनमा रहनेछन् र त्यसपछि पनि थप दुई वर्ष सशस्त्र प्रहरीको नेतृत्व गर्ने अवसर पाउन सक्नेछन् ।

गौतम चाहिँ नेपाली सेनाको क्याप्टेनबाट ३ वैशाख २०५२ मा सेवा प्रवेश गरेका अधिकृत हुन् ।

हेर्नुस् बढुवा सिफारिसको सूचना

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu