Connect with us
Kapilvast Forest

शिबराज ५ जसपाबाट वडाअध्यक्ष पदमा दुइको दावी

२०७९, ५ बैशाख सोमबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तु शिवराज नगरपालिका वडा नं ५ बाट जनता समाजवादी पार्टीका दुई जनाले वडा अध्यक्ष पदको दवेदारी गरेका छन ।

वडा नं ५ पर्शियाका जसपा युवां सघंका पुर्व प्रदेश उपाध्यक्ष युवा नेता मेनाज खान र नौडिहवाका जसपा युवा संघ शिवराजका अध्यक्ष असरनाल खानको वडा अध्यक्ष पदको दवेदारी रहेको छ ।

शिवराज नगरपालिकाको मुख्य व्यापारीक क्षेत्रको रुपमा परिचित वडा नं ५ महत्वपुणर् वडाको रुपमा मानिन्छ । शिवराज पर्शियाका मेनाजले पहिले देखी वडा अध्यक्ष पदको दावेदारी गर्दै आएका थिए । केही दिन देखी नौडिहवाका अरसलानले आफु वडाअध्यक्ष पदको उम्मेदवार रहेको बताएका छन ।

जनता समाजवादी पार्टी नेपाल शिवराजमा नगर प्रमुखका लागि पनि दुई जनाको नाम चर्चामा रहेको थियो । जसपा नेपाल शिवराजका नगर अध्यक्ष कृष्ण कुमार चौधरी र जसपा नेपाल लुम्बिनी प्रदेश सदस्य रहिस शाहको मेयरमा उम्मेदवारी दिने चर्चा चोक चौराहामा चलेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu