Connect with us
Kapilvast Forest

सकृय राजनितिमा नृत्य निर्देशक पौडल,वडा अध्यक्षमा नाम सिफारिस

२०७९, ६ बैशाख मंगलवारमा प्रकाशित

 

कपिलवस्तु -लमो समयदेखि कलाकारीताको क्षेत्रमा रमेका नृत्य निर्देशक सुमन पौडलको नाम वडा अध्यक्ष पदका लागि सिफारीस भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा ४ निवासी पौडेलको नाम एमाले वाट उम्मेदवार बन्न वडा अध्यक्ष पदका लागि सिफारिस भएको हो ।

वडा न ४ बाट उनी सहित चार जनाको नाम सिफारिस भएको  नेकपा एमाले शिवराज वडा न ४ वडा कमिटी अध्यक्ष इश्वरी खनालले जानकारी दिनु भयो । लामो समय देखि नृत्य निर्देशकको रुपमा चर्चा पाएका पौडेल शिवराज क्षेत्रमा अझै बढि लोकप्रिय मानिन्छन ।

कलाकारीता सगैं विभिन्न सामाजिक काममा सकृय रहेका पौडलको नाम सिपारीस भए सगैं शिवराज ४ का युवाहरुले पौडेललाई एकल रुपमा समर्थन गरेका छन । सरल स्वभावका सबैसँग मिलनसार पौडेलले युवाहरुको नेतृत्व गर्दै वडाको विकासको लागि आफुले इच्छा प्रकट गरेको बताए ।
  उनले टिकट पाएमा जित्न सक्ने धेरै आधारहरु रहेको समर्थकहरुको भनाई छ ।

कलाकारीताको क्षेत्रबाट आम मानिसलाई केन्द्रमा राखेर समाजलाई जहिले एक आपसमा जोडिएका पौडेल सकृय राजनितिमा आएका पौडेको युवा पुस्ताको आवश्यक भन्दै उनको अधिकाशंले प्रसंसा गरेका छन । कलाकारीताको माध्यमबाट राजतिति लाई चेतना जगाउन भुमिका खेल्ने कलाकार पौडेल राजनितिक परिवर्तनका लागि आफु सकृय राजनितिमा आएको बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj