Connect with us
Kapilvast Forest

महोत्तरीमा ‘नो लालपुर्जा, नो भोट’ अभियान

२०७९, ७ बैशाख बुधबारमा प्रकाशित

वीरगञ्ज – महोत्तरीको गौरीडाँडाका युवाहरुले ‘नो लालपुर्जा, नो भोट’ अभियान सञ्चालन गरेका छन् । गौरीडाँडामा लामो समयदेखि बसोबास गर्दै आए पनि लालपुर्जा नपाएको भन्दै उनीहरुले त्यस्तो अभियान सञ्चालन गरेका हुन् ।

निर्वाचनको समयमा ऐलानी जमिनमा बसोबास गर्दै आएका गौरीडाँडाका बासिन्दाहरुलाई लालपु्र्जा दिने आश्वासन दिएर नेता बन्ने तर जितेपछि बिर्सिने परिपाटी देखिएकाले आफूहरु जागरुक भएको युवाहरुले बताएका छन् । स्वतन्त्र युवा समूहले मंगलबार बर्दिबास-३ गौरीडाँडास्थित पार्क र खड्ग होटलको अगाडि विपी राजमार्गमा ‘नो लालपुर्जा नो भोट’को बोर्ड समेत लगाएका छन् । बोर्डमा ‘जनता झुक्याउन पाइँदैन, झुटो बोल्ने नेता चाहिँदैन’ भनेर पनि लेखिएको छ ।

 

स्वतन्त्र युवा समूहका सहसंयोजक राम लामाले यसपटकको स्थानीय चुनावमा भोट माग्न आउनेसँग लालपुर्जा माग्ने निर्णयमा पुगिएको बताए । ‘हरेकपटक चुनावमा नेताहरु आउँछन्, लालपुर्जा दिलाउँछौं भन्ने आश्वासन दिएर भोट लिएर जान्छन्,’ उनले भने, ‘मन्त्री बन्छन्, सांसद बन्छन्, बिर्सिन्छन्, हाम्रो समस्या जस्ताको त्यस्तै छ ।’

बर्दिबास नगरभरी अभियान सञ्चालन गर्ने तयारीमा युवाहरु जुटेका छन् । निर्वाचनमा व्यापक खर्च गर्ने परिपाटी विरुद्ध पनि आफूहरुले आवाज उठाउने उनीहरुको भनाइ छ ।

 

गौरीडाँडा सहित बर्दिबास नगरपालिकामा ९ हजार ४ सय ३६ जना दलित भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन भएको छ । आवेदन माग गर्दा जानकारी नपाएर कतिपयले आवेदन नै दिन छुटाएका छन् । दोस्रो चरणमा निवेदन माग गरेर उनीहरुलाई पनि प्रक्रियामा समेट्ने तयारीमा नगरपालिका छ ।

नगर प्रमुख विदुर कुमार कार्की नगरमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी सम्बन्धी समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको बताए । ‘एक चरण अभिलेखीकरण भइसकेको छ, नापजाँच भइरहेको छ । त्यसपछि दावी–विरोधको प्रक्रिया हुन्छ,’ उनले भने, ‘निर्वाचन आचारसंहिता लागेकाले गर्दा काम सोचे अनुसार गर्न सकेका छैनौं । तर स्थानीय पालिका, आयोग, मन्त्रालय सबै यसपटक लालपुर्जा वितरण गर्ने हिसाबले नै लागेका छौं ।’

यो आर्थिक वर्षमा भूमि सम्बन्धी समस्या समाधान गर्ने गरी पालिका अघि बढेको उनको भनाइ छ । ‘समस्या समाधानका लागि हामी निरन्तर प्रयासमा छौं, सरकारमा भएको फेरबदल, आयोग गठनमा ढिलाई लगायतका कारणले काममा ढिलाइ भएको हो,’ उनले भने, ‘पालिकाबाट कुनै कसर बाँकी राखेका छैनौं ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu