Connect with us
Kapilvast Forest

ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धतामा नेपालको जोड

२०७९, ७ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं – नेपालले ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धता अपरिहार्य भएकामा जोड दिएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) ऊर्जा मन्त्रीहरूको तेस्रो बैठकमा ऊर्जा सुरक्षामा जोड दिइएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले श्रव्य–दृश्यका माध्यमबाट आज बुधवार काठमाण्डौमा भएको बैठकमा बिमस्टेक देशका झन्डै एक अर्ब ७० करोड जनताको भविष्यलाई दृष्टिगत गरी ऊर्जा क्षेत्रले सामना गरिरहेका गम्भीर समस्यालाई सम्बोधन गर्न पारस्परिक विश्वास, भावी प्रयासहरूमा स्पष्टता र उद्देश्यमा इमानदारी अत्यन्त महत्त्वपूर्ण भएको बताउनुभयो ।

आजको हाम्रो विचार–विमर्शले बिमस्टेक क्षेत्रमा ऊर्जा सहयोग अभिवृद्धि गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उहाँले ऊर्जाका लागि पर्याप्त वित्त परिचालनका साथै प्रविधि हस्तान्तरणलाई बढावा दिनुपर्ने बताउनुभयो ।

सदस्य देशका अर्थतन्त्रबीच सबै पक्षमा बढेको अन्तरसम्बन्धले क्षेत्रीय सहयोगको भावनालाई वास्तविकरूपमा अगाडि बढाउन मद्दत मिल्ने उहाँले बताउनुभयो । काठमाण्डौमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनमा बिमस्टेक ‘ग्रिड इन्टरकनेक्शन’ स्थापनाका लागि भएको समझदारीको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘ऊर्जा व्यापार एउटा महत्त्वपूर्ण विषय हो, यसले हाम्रो देशमा बिजुलीको बरबादि र ऊर्जा अभावको जोखिमलाई कम गर्न सक्छ ।’

ऊर्जा सधैँ बिमस्टेक प्रक्रियाको महत्त्वपूर्ण प्राथमिकताको क्षेत्रका रूपमा रहेको तथा यस क्षेत्रमा ऊर्जा सहयोग प्रवर्द्धनका निम्ति निरन्तर प्रयास भएको बताउँदै ऊर्जा मन्त्री भुसालले अनुभव आदानप्रदान, क्षमता अभिवृद्धि र उत्कृष्ट अभ्यासहरूलाई प्रवर्द्धन गरेर ऊर्जा क्षेत्रमा सहकार्य, समन्वय, सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । जलवायु अनुकूलनका निम्ति ६ किफायती, नवीकरणीय एवम् दिगो ऊर्जा अहिलेको आवश्यकता भएको उहाँको भनाइ थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले हरेक सङ्कट अवसर लिएर आउँछ भन्दै कोभिड–१९ सङ्कटलाई हरियाली, सुरक्षित र थप दिगो बङ्गालको खाडी क्षेत्रको प्रवेशद्वार बनाउनुपर्ने बताउनुभयो । ‘यस निम्ति ऊर्जामा बलियो र नवीकृत क्षेत्रीय साझेदारी महत्त्वपूर्ण हुनेछ’, उहाँले भन्नुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu