Connect with us

राप्रपाबाट सिद्धार्थनगरको मेयर उम्मेदवारमा सागरप्रताप राणा सिफारिस

२०७९, ८ बैशाख बिहीबारमा प्रकाशित

बुटवल – सिद्धार्थनगर नगरपालिकाको मेयर उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सागरप्रताप राणा सर्वसम्मत सिफारिस भएका छन् ।

राप्रपा रुपन्देहीका अध्यक्षसमेत रहेका राणालाई सिद्धार्थनगर नगर समितिले सर्वसम्मत नगर प्रमुखको उम्मेदवारमा सिफारिस गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजयकुमार गुप्ताले बताए ।

 

राणा सिद्धार्थनगर नगरपालिकाका पूर्वनगरप्रमुख समेत हुन् । पार्टीका वरिष्ठ नेता एवम् पूर्वमन्त्री दीपक बोहराको गृह नगरसमेत रहेको सिद्धार्थनगरलाई राप्रपाले आफ्नो बलियो पकड रहेको नगरपालिका मान्दै आएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu