चर्चामा वडा अध्यक्ष पदका उम्मेद्वार खराल
चन्द्रौटा – स्थानिय तहको निर्वाचन मिति नजिकिदै गर्दा कपिलवस्तुको शिवराज नगरपालिकामा पनि राजनितिको चुनावी सरगर्मी बढेको छ ।निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरु दैलोमा ब्यस्त छन ।११ वटा वडा रहेको शिवराज नगरपालिकामा चुनावको चहलपहल बढिरको बेला वडा न ३ लाई यतिवेला विषेश खालले हेरीएको छ ।
वडा न ३ मा अन्य दलहरुमा वडा अध्यक्ष पदको नाम सिफारीसमै विवाद रहेको बेला नेपाली कांग्रेश शिवराजले युवा नेता राजु खराललाई एकल उम्मेदवारको रुपमा नाम खडा गरेको छ ।
लामो समयदेखि कपिलवस्तु वाट पत्रकारिता गर्दै आएका पत्रकार राजु खराल स्थानीय तहको निर्वाचनका लागि वडा अध्यक्षको उम्मेदवारको लागि सिफारीस भएका छन । खराललाई शिवराज ३ बाट काग्रेसका तर्फबाट सर्वसम्मत उम्मेदवार बनाएको वडा सभापति गङ्गाधर भट्टराईले जानकारी दिए ।
कांग्रेशको बलियो पकड मानिएको शिवराज तिनमा युवा खरालको उम्मेदवारीले अझै महाहोल तातेको छ । शिवराज ३ का भितरीया , मदवा , खरेन्द्रपुर ,वलुहवा ,सोनोवागढ ,बनकट्टी,लगायतका गाउँमा खरालको पकेट क्षेत्र मानिन्छन । सरल र संचार क्षेत्रवाट राजनितिमा लागेका खराल कांग्रेशबाट निर्वाचनमा होमिए पनि उनी सबैका लोकप्रिय बन्न सफल युवा भएकै कारण पनि बलियो उम्मेदवारको रुपमा छन ।
झण्डै दुई दसक वर्षदेखि कपिलवस्तु लगाएत विभिन्न जिल्लामा रहेर पत्रकारीता गर्दै आएका खराल वडाका युवा देखि बृद्द सम्मसबै माझ लोकपृय मानिन्छन । गत निर्वाचनमा पनि अध्यक्षका आकाक्षि रहेका थिए । यस पटक उनलाई वडा समिति वाट सर्व सम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको बताइएको छ । जिल्लामा रहेको सामुदायिक रेडियो समानताका स्टेसन म्यानेजरको रुपमा लामो समय काम गरेका उनी हाल उक्त रेडियो अध्यक्ष समेत रहेका छन ।
जिल्लाको पश्चिमि क्षेत्रको पत्रकारिताको विकाश महत्त्वपूर्ण भुमिका रहेका खरालले जनप्रतिनिधि बन्ने इच्छा प्रकट गरेका हुन । थारु समुदायको बाहुल्यता रहेको भितिरिया गाउ निवासी खरालको थारु समुदायमा लोकप्रियता छ । सामुदायिक रेडियोहरुको छाता संगठन अकोरावमा लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका खरालले नागरिकहरुका समस्यालाई आफुले बुझेको भन्दै जनताको सेवाको लागि उम्मेदवारी दिने बताएका छन् ।विद्यार्थीकाल, नेविसंघको राजनीति सुरु गरेका खराल १४ औं महादिवेशनमा शिवराज नगरसभापतिमा थोरै मतान्तरले पराजय भएका थिए । पार्टीको निष्ठा, इमान्दार र सिद्धान्त प्रति खरो रुपमा प्रस्तुत हुने खराल कांँग्रेसको शिवराजका् आशा र भरोसाको रुपमा आफुलाई चिनाएका छन।
वडाबासिहरुको समस्यालाई संचारको आवाजबाट समाधान गरेका खरालले निर्वाचित भएर वडाको बिकासको काममा लाग्ने प्रतिवद्वता सहित उम्मेदवारी दिएका युवा नेता खरालले वडा अध्यक्ष जित्ने दाबी समेत गरेका छन् । शिवराज ३ मा कांग्रेश ,एमाले ,माओवादि , जसपा , एकिकृत समाजवादि , राप्रपा , जनमोर्चा लागायतका राजिनिति दलहरु निर्वाचनमा होमिन्छन ।