Connect with us
Kapilvast Forest

काँग्रेस चितवनका सभापति खनालको निर्देशन– गठबन्धन विरोधी गतिविधि नगर्नू

२०७९, ९ बैशाख शुक्रबारमा प्रकाशित

चितवन-नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले गठबन्धन विरोधी गतिविधि नगर्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । सभापति खनालले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र गराउनका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

 

सभापति खनालद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ– ‘यो प्रक्रियालाई नकारात्मक प्रभाव पर्नेगरी केन्द्रिय परिपत्रभन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउनका लागि पार्टीका सबै साथीहरु सग विनम्रताका साथ आग्रह गर्दछु ।’

आसन्न स्थानीय निर्वाचनमा सबै पार्टीहरू होमिएको अवस्था र नेपाली काङ्ग्रेस गठबन्धनलाई आत्मसात गरि अगाडि बढेको बताउँदै विज्ञप्तिमा भनिएको छ : ‘सोही कुरालाई ध्यानाकर्षण गर्दै नेपाली काङ्ग्रेसको केन्द्रीय परिपत्रअनुसार चितवन काङ्ग्रेस गठबन्धनलाई पूर्ण पालना गरि अगाडि बढ्ने कुराको समेत जानकारी गराउन चाहन्छु’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu