वडामा मुस्कान सहितको सेवा ,टोल टोलमा विकाशको लहर भएको सितगंगा १०
अर्जुन बेल्बासे ,कपिलवस्तु- विगतका वर्षमा अर्घाखाचीँको कर्णाली नामले चिनीएको साविक सिद्धारा गाविसको अहिले नाम र पहिचान नै बदलेर सुगम वडाको नाममा पहिचान बनाउन सफल भएको छ । । साविक सिद्धारा गाविसको वडा न २, ३ ,४ र वडा न ९ मिलेर वनेको सितगंगाको वडा नम्बर १० मा २०७४ को स्थानियतहको निर्वाचन पश्यात विकासमा आमुल परिवर्तन आएको छ । सितगंगा वडा न १० मा गत निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचि भए पश्यात वडा न १० का अध्यक्ष हिम्मत पोख्रेल रात दिन वडावासिको सेवामा तल्लिन रहे । वडामा कसरी परिर्वन गर्ने भन्दै अधिकांश समय वडा बासिकै लागि समय खर्चेका वडा अध्यक्ष पोख्रेलले वडामा मुस्कान सहितको सेवा टोल टोलमा विकाशको लहर उनका उदाहरणिय कार्य हुन।
वडाले दिने सेवा प्रभावकारी बनाउन सधैव लागि परेका अध्यक्ष पोख्रेलले नाता प्रमाणित, जन्मदर्ता, नागरिकता लगायत वडावाट हुने सबै थरीका सिफारिस , स्थानीय विकास योजना तर्जुमा, कार्यान्वयन र अनुगमन ,झैझगडा मिलापत्रलगायतका सबै सेवा वडावाट सहजै पायौं वडावासि सन्तोश पोख्रेलले भने ।
आफु वडा अध्यक्षमा निर्वाचित पछि सितगंगा १० मा टोलवस्तीहरुमा संयुक्त रुपमा सहजीकरण गरेर ग्रामीण सडक विस्तार कार्यक्रमलाई निरन्तरता दिईदै चक्ला देखि हर्रे सम्म ११. २ किलो मिटर सडक पिज गरेको बताउनु भयो ।
साथै टोलवस्तीमा ग्रामीण सडक विस्तार । खानेपनी को सास्ति भोगेका वडा वासिको समस्या समाधान गर्न बर्रे पुर्व खाने पानी आयोजना सुचारु ,बाटुले ,सामकोट, हर्रे र सिद्धारामा खाने पानीको नयाँ योजना अगाडि बढिरहेको बताउनु भयो ।
८ वटा विध्यालय रहेको वडा न १० मा जनजागृति , सुवोधिनी विध्यालयमा ४ कोठे भवन निर्माण ,डिहिमा रहेको विध्यालयमा ३ कोठे र सामकोटमा रहेको विध्यालयमा २ कोठे भवन निर्माण र वडाले २ विध्यालयमा दरवन्दि कायम गरी शिक्षक नियुक्ति , वडा भवन निर्माण, विद्धुत विस्तार ,वडा भित्रका धार्मिक तथा एतिहासिक क्षेत्रहरुको संरक्षण गर्दै नगरको वृतचित्रमावेस , वडा भित्र दुइ ठाउँमा सामुदायिक भवन निार्माण ,वडा भित्र गाउँघर क्लिनिक संचालन, खेल मैदान निर्माण, सुत्केरी गृह निर्माण, कृषि अनुदान
युवा लक्षित कार्यक्रम अन्तगर्त युवाहरुको लागि विभिन्न तालिम प्रदान साथै वडाले कृषकहरुको लागि प्रोत्साहन स्वरुप २० भन्दा वढि वाख्रा पालक कृषकहरुको लागि खोर निर्मामाणमा अनुदान ,उन्नत जातको बोका वितरण गरेको बताउनु भयो ।
युवा नेतृत्वको रुपमा वडामा निर्वाचित वडा अध्यक्ष पोख्रेल सहित ५ जनाको नाम वडम अध्यक्ष पदको लागि कांग्रेश सितगां १०ले सिफारीस गरेसगैं उनले आज (शुक्रबार ) पद बाट राजिनामा समेत दिएका छन ।परिवर्तन हाम्रै पालामा सम्भव छ पार्टीले पत्याउन पर्यो नागरीकले अबश्य पत्याउछन उनले भने ।