Connect with us
Kapilvast Forest

गाउँपालिका अध्यक्षको उम्मेद्वार बन्न नपाएपछि कांग्रेस विजयनगरका सभापति जसपामा प्रवेश

२०७९, १० बैशाख शनिबारमा प्रकाशित

 

कपिलवस्तु- नेपाली कांग्रेस विजयनगरका गाउँपालिका सभापति प्रभावशाली नेता जानकी प्रसाद यादव जसपामा प्रवेश गर्नु भएको छ । शुक्रबार औपचारिक कार्यक्रमका बीच जसपाका केन्द्रिय परिषद सदस्य राम निवास यादव र जसपा कपिलवस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवले टिका लगाई यादवलाई पार्टी प्रवेश गराउनु भएको जसपा विजयनगर गाउँ कमिटी सचिव अशोक कुमार जैसवालले जानकारी दिनु भएको छ ।

नेपाली काङ्ग्रेसबाट गाउँपालिकामा अध्यक्ष पदमा आकांक्षी रहेका यादव टिकट नपाउने निश्चित भएको पछी आफूसहित वडा अध्यक्ष पदको आकांक्षी रहेका हृदय बिकास चौधरी (बिके) चेतन ढकाल लगाएत सयौं कार्यकर्ता जसपा पार्टीमा प्रवेश गरेको बताइएको छ । यादव असल,ईमानदार,स्वच्छ सरल छबि भएको लोकप्रिय नेताको रुपमा चिनिन्छन् । यादव जसपामा प्रवेश गरे संगै बैशाख ३० गते हुने स्थानीय चुनावमा जितको विजय सुनिश्चित रहेकोे आकालन गर्न थालिएको छ ।

यादव स्वतन्त्र बाट थोरै मतले हार बेहोरेका यस पाली पार्टी बाट टिकट पाउने भएसि जितको सम्भावना प्रबल रहेको विश्लेषण गरि रहेका छन् । यादवको जसपामा प्रवेशले विजयनगरबासी नेता,कार्यकर्ता, समर्थकहरुमा खुसयाली छाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu