Connect with us
Kapilvast Forest

कपिलवस्तुको शिवराजमा भुसालले मेयर पदमा उम्मेदवारी दिने

२०७९, १० बैशाख शनिबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु- नेपाल कम्युनिष्ट पार्टी ( बिप्लव समूह) ले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य भेषराज भुसालले मेयर पदमा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचनमा होमिने जानकारी दिनु भएको छ ।

निर्वाचन आयोगमा पार्टी दर्ता नभएकोले स्वतन्त्र रुपमा उम्मेदवारी दिने उहाले बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ( विप्लव) को गृह जिल्लाको रुपमा रहेको कपिलवस्तुमा नेता भुसालले उम्मेदवारी दिनु हुने भएको छ ।

एमसिसी विरोध तथा राष्ट्र घाती एजेन्डा सहित निर्वाचनमा उम्मेदवारी दिने केन्द्रिय सदस्य भुसालले जानकारी दिनुभयो ।
शिवराज नगरपालिका खरेन्द्रपुर घर भएका भेषराज भुसाल माओवादीको पुरानो नेता मनिनु हुन्छ ।
कपिलवस्तुका भुसाल तत्कालीन माओवादी नेताहरु प्रचण्ड, बाबुराम भट्टराई, मोहन बैद्द, राम बहदुर थापा(बादल), टोप बहादुर रायमाझी लगायत, पम्फा भुसाल, जर्नदन शर्मासग राजनीति गर्नु भएको नेताको रुपमा परिचित हुनुन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj