Connect with us
Kapilvast Forest

राप्रपाले ४ महानगरका प्रमुख र उपप्रमुखका उम्मेदवार टुङ्ग्यायो

२०७९, ११ बैशाख आईतवारमा प्रकाशित

 

काठमाडौं – राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ मध्ये ४ वटा महानगरको उम्मेदवारको टुङ्गो लगाएको छ।राप्रपाले काठमाडौं महानगरपालिका प्रमुखमा मदनदास श्रेष्ठ र उपप्रमुखमा विनिता मगैया, ललितपुर महानगरको प्रमुखमा अष्ट महर्जन र उपप्रमुखमा स्वर्णिमा शाक्यलाई उम्मेदवार बनाएको छ।

पोखरा महानगरमा शंकर खराललाई प्रमुख, रञ्जु सेनलाई उपप्रमुख र वीरगञ्ज महानगरपालिकाको प्रमुखमा पत्रकार गिरीश गिरी र उपप्रमुखमा विना जयसवालको नाम टुङ्गो लागेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बाँकी २ महानगरपालिकाका उम्मेदवारको टुङ्गो पनि शनिबार राति अबेरसम्ममा टुङ्गो लगाइने छ।
राप्रपाले बुटवल उपमहानगरको प्रमुखमा मृगेन्द्र शेरचन सहित केही उपमहानगरको पनि उम्मेदवार टुङ्गो लगाएको जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu