विजयनगरमा एमाले उम्मेदवारमा दोहोरियो पुरानै अनुहार
कपिलवस्तु- एमाले विजयनगरे गाउँपालिका अध्यक्ष रउपाध्यक्ष सहित वडा अध्यक्षका उम्मेदवार दोर्याएको छ । गाउँपालिका अध्यक्षमा गोपाल बहादुर थापा र उपाध्यक्षमा लक्ष्मि कुमारी चाौधरी उम्मेदवार बन्नु भएको छ। त्यस्तै
स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले विजयनगरले पालिकाका ७ वटै वडामा आइतबार उम्मेदवार टुंगो लगाएको एमाले गाउँ कमिटी अध्यक्ष थर्क बहादुर खन्गाहाले जानकारी दिए ।
गाउँ पालिका अध्यक्षमा गोपाल बहादुर थापा मगर र उपाध्यक्षमा लक्ष्मी कुमारी चौधरी, वडा अध्यक्ष पदको उम्मेदवारमा १ मा इन्नर थारु , २ मा नेपाल चौधरी, ३ मा बुद्धिराम अर्याल , ४ मा तिलक राम कडेल , ५ मा अनवर मोहम्मद मुस्लमान , ६ मा प्रेम बहादुर कलवार , ७ मा दिनेश कुमार चौधरी लगाएत सदस्यमा केही फेरबदल भए पनि प्राय पुरानै अनुहार उम्मेदवार रहेकोे एमालेले जनाएको छ ।