सितगंगा १०मा एमाले उम्मेदवारको मनोनयन दर्ता,वडाको मुहार फेर्न बेल्बासे राजनितिमा
कपिलवस्तु-अर्घाखाँचीकोसितगंगा नगरपालिका वडा न १० मा नेकपा एमाले पार्टीका उम्मेदवारहरुले आइतबार मनोनयन दर्ता गराएका छन् ।वडा अध्यक्ष पदका उम्मेदवार केशव बेल्बासे ससदस्यहरु शिशिर पोख्रेल,तारा बहादुर थापा , डालकुमारी भण्डारी र देव कला विकले उम्मेदवारी दर्ता गराएका हुन् । लामो समय देखि शिक्षण पेशामा आवद्द बेल्बासेले वडा भित्र आफनो असल असल अवि राख्न सफल छन ।
शिक्षण पेशाबाट राजिनामा दिएर राजनितिमा होमिएका बेल्बासे अध्यक्ष पदको बलियो उम्मेदवारको रुपमा देखिएका छन । नयाँ भिजनका साथमा बेल्बासेको उम्मेदवारीले वडा हर्षित भएको छ । सबैको साथ रसमर्थनले निर्वाचन होमिएका बर्रे निवासि बेल्बासे शिक्षक भएको नाताले सबै क्षेत्रमा राम्रो पकड बनाएका छन ।
“बिगतका पाँच बर्षलाई फर्केर हेर्दा वडामा खासै परिर्वन आएन वडाको विकाशमा मुहार फेर्न मेरो राजनिति सरु गरें उनले भने । गत निर्वाचनमा वडा अध्यक्षममा निर्वाचित अध्यक्षले चुनाबका बेला आस देखाए वडाका कमकाज गर्ने कठिन भयो अव गाउँमै बसेका उम्मेदवार चुन्छौ वडाका एक युवाले भने।
१ हजार ७ सय २१ मतदाता रहेको सितगंगा १० मा १०९ बर्षका २ जना मतदाता,१०० वर्षका १ जना,९७ वर्षका २ जना,९२ वर्षका १जना ,९१वर्षका २ जना र ९० वर्षका एक जना मतदाता रहेको सितगंगा १० मा एक दर्जन बढी ८० वर्ष उमेर कटेका मतदाता रहेका छन
