Connect with us
Kapilvast Forest

गठबन्धनमा जनमोर्चाको असन्तुष्टि

२०७९, १२ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं- सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल सन्तोषजनक नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले सोमबा बिहान वक्तव्य जारी गर्दै तालमेल सन्तोषजनक नभएको भन्दै पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

‘हामीलाई दुःख छ कि कतिपय पक्षहरूद्वारा पाँच दलीय चुनावी तालमेललाई गम्भीरतापूर्वक लिने प्रश्नमा केही समस्याहरू देखा पर्ने गरेका छन्’ अध्यक्ष केसीले वक्तव्यमा भनेका छन्, ‘विभिन्न जिल्लाहरूमा पनि पाँच दलीय चुनावी तालमेलको नीति सन्तोष प्रकारले अगाडि बढ्न नसकेको विषयप्रति पनि हाम्रो ध्यान आकर्षित भएको छ ।’

 

कतिपय जिल्लाहरूमा चुनावी तालमेलका लागि सहमति कायम नहुँदा तालमेलमा केही कमजोरी देखा परेकोले त्यसले प्रतिगमनलाई नै मद्दत पुग्ने र ठूलो मूल्य चुकाउनु पर्ने वक्तव्यमा उल्लेख छ ।

साथै, अध्यक्ष केसीले चुनावी तालमेल भएका ठाउँमा सहमति अनुसार नै जनमोर्चाले इमान्दारपूर्वक अन्य उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् । तर तालमेल हुन नसकेका स्थानहरूमा आफ्ना उम्मेद्वार खडा गरेर मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने उनको भनाइ छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu