Connect with us
Kapilvast Forest

पार्टीभित्र टिकट वितरणमा अनियमितता भएको कांग्रेस नेता शेखर कोइरालाको टिप्पणी

२०७९, १४ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पालिका चुनावमा पार्टीबाट टिकट वितरण गर्दा अनियमितता भएको टिप्पणी गर्नुभएको छ ।

आज प्रेस विज्ञप्ति निकालेर उहाँले टिकट वितरणमा आर्थिक चलेखल र अनियमितता भयो भन्ने कुरा सार्वजनिक भैरहेको र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताले भोग्दै गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ । उहाँले पार्टीभित्र भैरहेका यस्ता कामबाट निराश नहुने पनि उल्लेख गर्नुभएको छ । पार्टीको गलत निर्णय र क्रियाकलापकै कारण केही ठाउँमा कांग्रेस नेता कार्यकर्ता स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य भएको उहाँको भनाइ छ । कोइरालाले असन्तुष्ट नेता कार्यकर्तालाई पार्टीको मूल प्रवाहमा फर्किन आग्रह पनि गर्नुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu