Connect with us
Kapilvast Forest

दाङकी एक्ली महिला पालिका अध्यक्ष उम्मेदवार

२०७९, १४ बैशाख बुधबारमा प्रकाशित

दाङ – दाङका दश पालिकामध्ये राप्ती गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसले महिलालाई उम्मेदवार बनाएको छ । कांग्रेसले जगदम्बाकुमारी चौधरीलाई नेपाली कांग्रेसले लुम्बिनी प्रदेशको केन्द्र राप्ती गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएको हो ।

दाङका दश पालिकाहरुमध्ये प्रमुख पदमा उम्मेदवारी दिनुभएकी जगदम्बा मात्रै एक्ली महिला हुनुहुन्छ । अरु नौ वटा पालिकामध्ये कुनैपनि पालिकामा कुनै पनि दलहरुले महिलालाई पालिका प्रमुखको उम्मेदवार बनाएका छैनन् ।

राप्ती गाउँपालिका वडा नं. ५ पहरुवाकी ४६ वर्षीया जगदम्बा यसअघि गाउँपालिकाको उपप्रमुख भएर पाँच वर्ष काम गर्नुभएको छ । गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनुभएकी जगदम्बाले बीए उत्तिर्ण गर्नुभएको छ । उहाँ अहिले राजनीतिशास्त्रबाट स्नात्तोकत्तर (एमए) अध्यन गरिरहनुभएको छ ।

जगदम्बाले उपप्रमुखको भूमिका रहँदा न्यायिक समिति लगाएत विभिन्न समन्वय समितिमा बसेर निष्पक्ष भूमिका निर्वाह गरेको दाबी गर्नुहुन्छ । त्यही निष्पक्ष भूमिकाको मूल्याङकन गरेर जगदम्बालाई नेपाली कांग्रेसले गाउँपालिकाको प्रमुखमा उम्मेदवार बनाएको कांग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीले बताउनुभयो ।

जगदम्बाले राप्तीलाई राजधानीको केन्द्र तोकेको धेरै समय बितिसक्दापनि जुनरुपमा रुपमा भौतिक पूर्वाधार तयार हुनुपर्ने हो त्यसो नभएको तथा मन्त्रालयहरु समेत स्थान्तरण हुन नसक्नु बिडम्बना मान्नुपर्ने भन्दै त्यसका लागि आफूले जिते इमान्दारीका साथ पहल गर्ने बताउनुभयो ।

त्यस्तै आफू निर्वाचित भएमा गाउँपालिकाभर किसानका खेतबारीमा सिंचाईका लागि खनिएका डीप बोरिङमा लाग्ने विद्युत् महशुल नि:शुल्क गराउने, किसानलाई रासायनिक मल नि:शुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै उहाँले विपन्न परिवारका जेहेन्दार बालबालिकालाई उच्च शिक्षासम्म नि:शुल्क पढाउने व्यवस्था गरिने जानकारी दिनुभयो । आफूलाई निर्वाचित गराएमा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई आधार बनाएर काम गर्ने बताउनुभयो । जगदम्बाले उच्चरक्तचाप तथा मधुमेह रोगका बिरामीको लाग्ने सम्पूर्ण औषधि उपचार नि:शुल्क गरिने योजना रहेको बताउनुभयो । राप्ती गाउँपालिको अध्यक्षमा नेकपा एमालेबाट जगत पोखरेल र उपप्रमुखमा कमलापति चौधरीले मनोनयन दर्ता गरेका छन् । राप्तीमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको चुनावी तालमेल भएको छ । यहाँ माओवादीका प्रकाश बिष्टले प्रमुखमा र उपप्रमुखमा जनमोर्चाका केशव खनालले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । नेपाली कांग्रेसबाट राप्ती गाउँपालिकाको उपप्रमुखमा हरिप्रशाद भुसाल उम्मेदवार बन्नुभएको छ । त्यस्तै नेपाली कांग्रेसकै बुद्धिप्रकाश चौधरीले स्वतन्त्र उम्मेदवारी दिनुभएकाे छ ।

दुई हजार एक सय भन्दा बढीले उम्मेदवारी दर्ता
दाङका दश पालिकाका विभिन्न पदमा गरी दुई हजार एक सय बढीले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङका अनुसार यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । विभिन्न पदका लागी दुई हजार एक सय ९१ जनाले उमेदवारी दर्ता गराएका छन् ।

जिल्लाका दुई उपमहानगरपालिका,एउटा नगरपालिका र सात वटा गाउँपालिकाका विभिन्न पदका लागी राजनितिक दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएको निर्वाचन अधिकारी नारायण भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पालिका प्रमुखका लागि ८३ जना, उपप्रमुखका लागी ५९ जना, वडा अध्यक्षका लागि ५ सय १९ जना, खुल्ला सदस्यका लागि ७ सय ९७ जना, महिला सदस्यका लागि ३ सय ८१ जना र दलित महिला सदस्यका लागि ३ सय ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका दश पालिकामध्ये सबैभन्दा धेरै तुलसीपुरमा राजनितिक दल र स्वतन्त्र गरी विभिन्न पदका लागि ४ सय ९९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu