३७ प्रतिशत महिला उम्मेदवार, माओवादीबाट सबैभन्दा कम
काठमाडौं –आगामी वैशाख ३० गते ३५ हजार दुई सय २१ पदका लागि हुन लागेको स्थानीय तहको निर्वाचनमा चार गुणाभन्दा बढीको उम्मेदवारी परेको छ । जसमा ६२ प्रतिशत पुरुष छन् भने ३७ प्रतिशत महिला उम्मेदवार छन् । एमाले र कांग्रेसले समग्रमा ४१–४१ प्रतिशत महिला उम्मेदवार उठाएका छन् भने माओवादीले ४० प्रतिशत महिलालाई उम्मेदवार बनाएको छ । प्रमुख पदमा महिला उम्मेदवार उठाउनेमा भने माओवादी अगाडि छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार एक लाख ५२ हजार चार सय ५४ जनाको उम्मेदवारी ९४ हजार सात सय ६० जना पुरुषको उम्मेदवारी परेको छ भने ५७ हजार सात सय पाँच जना महिला उम्मेदवार छन् ।