Connect with us
Kapilvast Forest

केशव स्थापितले मेयरमा जित्छु भन्ने सपना नदेखे हुन्छ : प्रवक्ता महत

२०७९, १५ बैशाख बिहीबारमा प्रकाशित

 

काठमाडाैं-नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले नेता केशव स्थापितलाई मेयरमा जित्छु भन्ने सपना नदेख्न आग्रह गरेका छन्।बिहीवार काठमाडौंको मेयरमा उम्मेदवार दिएकी सिर्जना सिंहको प्रतिवद्धता पत्र सर्वजनिक गर्ने कार्यक्रममा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन्।

उनले काठमाडौं महानगरपालिकाको मेयरका लागि उम्मेदवार दर्ता गराएका नेकपा एमालेका नेता केशव स्थापितलाई फेरि काठमाडौंको मेयरमा फर्किन्छु भन्ने सपना नदेख्न आग्रह गरे।

उनले वागमतीको पानी धेरै बगिसकेको भन्दै अब फेरि त्यो पानी फर्किन नसक्ने जिकिर गरे।प्रवक्ता महतले केशव स्थापितले चुनाव नजित्ने दाबी गरे। उहाँले नेताहरुले राजनीतिलाई मनोरञ्जनमय बनाएको आरोप लगाए।

प्रवक्ता महतले भने, ‘हाम्रो स्थापित जीको मैले सुनिरहेको थिएँ नोमिनेशन गरेर निस्किँदै गर्दा, गेम इज ओभर रे। म भन्छु उहाँको गेम इज ओभर। हुँदाहुँदा हामीलाई पनि राजनीति नै जसले ज्यादा मनोरञ्जन दिन्छ, त्यसैलाई निर्वाचित गर्ने हो कि भन्ने भ्रम पैदा हुन थालेको छ। राजनीति मनोरञ्जनको विषय होइन। अरु पार्टी कुरा गर्छन् नेपाली काँग्रेस काम गर्छ।’

प्रवक्ता महतले नेपाली काँग्रेसप्रति नेकपा एमालेका अध्यक्ष ओलीले विभिन्न आरोप लगाएको र निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको धज्जी उडाएको आरोप लगाए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu