पहिलो वर्षमा बुद्धभुमि खरको छानो मुक्त हुन्छ:मेयरका उम्मेदवार खनाल
कपिलवस्तु -नेकपा एमाले बुद्धभूमि नगरपालिका मेयरका उम्मेदवार पिताम्वर खनालले एमालेले जिते पहिलो वर्षमा खरको छानो मुक्त बनाउने प्रतिवद्धता गर्नु भएको छ । कार्यकर्ता सँग छलफल गर्दै एमाले सरकारको नीति गरिब जनताको घरको खरको छानो हटाएर जस्तापाता को व्यवस्था गर्ने रहेको हुँदा आफु निर्वाचित भएका पहिलो वर्षमा खरको छानो हटाउने बताउनु भयो ।
बुद्धभूमि नगरपालिकाले खरको छानो मुक्त गर्ने अभियानमा खासै चासो नदिएको र टिन वितरणमा समेत पक्षपात गरेको आरोप लगाउनु भएको थियो । विपन्न समुदायलाई प्राथमिता दिने एमाले भएको हुँदा सुर्य चिन्हमा मतदान गर्न समेत आग्रह गर्नु भएको थियो ।
नेता खनालले बुद्धभूमि नगरपालिकामा एमाले विजयी हुने बताउँदै भुमिहिन, सुकुम्वासीलाई जग्गा उपलव्ध गराउने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । कार्यकता सँग छलफल गर्दै एमाले बुद्धभूमि उपमेयरका उम्मेदवार मन्जु थारुले सुकुम्वासी र भुमि सम्वन्धी समास्या भएका वस्तीमा समस्या परेको बेला सधै एमालेले साथ दिएको बताउनु भयो । आफु भुमि हिनको समस्या समाधानका लागि टोलटोलमा खटिएको बताउँदै एमालेको सरकार आए यसै वर्ष भुमि सम्वन्धी समस्या अन्त गर्ने बताउनु भयो ।