राजनितिमा लट्रि परेका खनाल जनप्रतिनिधि बन्ने दौडाहमा
न्युज सेन्टर नेपाल ,कपिलवस्तु-
विगत लामो समय देखि नेपाली कांग्रेशको राजनितिमा सकृय भुमिका निभाउँदै शिवराज क्षेत्रका अभिभावक हुमकान्त खनाललाई पछिल्लो छ महिना राजनितिमा लट्रि नै परे जस्तो अवसर आएको छ ।
राजनीतिमा एक वैचारिक हिसाबले प्रखर सालिन चर्चित र सबैले भरोसा गर्न लायक व्यक्तित्वका रुपमा परिचित खनाललाई कांग्रेशको १४ औं महादिवेशनको समय देखि नै राजनितिमा लट्रि(चिठ्ठा) परेको छ । क्षेत्रिय सभापतिमा इच्छाएका खनालले जिल्ला उप सभापति को अवसर पाएर राजनितिमा अझै शसक्त बनेका खनाल यति वेला जनप्रतिनिधि बन्ने दौड सहित निर्वाचनमा होमिएका छन ।
टिकट ल्याउन आधा दर्जन नेताले शिवराजबाट नाम सिफारीस गरे पनि खनालको नाम सहजै सिफारीस भएको आकलन गर्न सकिन्छ । आफु जिल्ला उपसभापति र कांग्रेश कपिलवस्तुका पुराना नेताको परिचय बनाएका र नगर क्षेत्रमा जित हाँसिल गर्ने बलियो आधारको साथसाथै उनले टिकट ल्याएका छन ।
कांग्रेश शिवराजबाट मेयर पदको रुपमा होमिएका खनाल नगर प्रमुख पदको बलियो यम्मेदवारको रुपमा हेरिएका छन । विभिन्न संसथर सामाजिक कार्यमा सरिक रहेका खनाल ब्यवहारिक र असल छवि बनाएका राजनितिज्ञ्यका रुपमा चिनिन्छन ।
नगर भित्रका सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा र स्वाथ्यमा सुधार लगायतका विषयलाई प्राथमिकतामा राखेर जिम्मेवारीका साथमा उम्मेदवारीका साथमा निर्वाचनमा होमिएका खनालले नगरवासिको अधिकार सुनिश्चित गराउँदै नगरलाई परिवर्तन गर्ने दाबी समेत गरे । नेपाली काँग्रेसवाट मेयरपदमा हुमकान्त खनाल, उपमेयरमा शारदा रायमाझीले उम्मेदवारी दर्ता गराउका छन ।