Connect with us
Kapilvast Forest

एमाले कसैको इसारामा चल्दैन ,सबैको मनको पार्टी हो :मेयर पदका उम्मेदवार पोख्रेल

२०७९, १६ बैशाख शुक्रबारमा प्रकाशित

अर्जुन बेल्बासे,कपिलवस्तु -नेकपा एमालेको तर्फबाट शिवराज नगरपालिकाको मेयर पदका उम्मेदवार महादेव पोख्रेलले शिवराजका हरेक वडामा एमालेको लालकिल्ला बन्ने बताए । शिवराज २ हल्लानगरमा पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै एमाले पार्टी कसैको इसारामा चल्ने पार्टी नरहेको भन्दै सबै जनजनको सारथी बनेको बताए ।

शिवराज २ कल्ललु थारुको नेत्रित्बको विजयले वडाकोे मुहार फेर्ने बताए । वडावासिको समस्यामा मलम लगाउन एमाले जनप्रतिनिधि सबै अगाडि रहने बताए ।

त्यस्तै कार्यक्रममा वडा अध्यक्ष पदका उम्मेदवार कल्लु थारुले लालपुर्जा विहिन वडावासिलाई लालपुर्जा वितरण को कार्य आफु निर्वाचित भएर सुभारम्ब गर्ने प्रतिवद्दता ब्यक्त गरे ।साथै वडा भित्र खरको छाने मुक्त गनेृ प्रतिवद्दता समेत ब्यक्त गरेका छन।

थारु अध्यक्ष पदका बलियो उम्मेलवार हुन ।माओवादी केन्द्र शिवराजनगरपालिका वडा न२ का वडा इन्चार्ज मानसिहं बुढा, नगर सदस्य झक बहादुर खत्रिसहित माओवादि केन्द्रका नेता तथा कार्यर्ता र काग्रेशबाट दर्जन बढि एमाले प्रवेश गरेका थिए ।

 

पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रिय सदस्य गिरीधारीलाल न्यौपने ,जिल्ला सचिव चन्द्र वहादुर गहतराज ,उपसचिव अर्जुन कुमार के सी , एमाले शिवराज नगर अध्यक्ष जगत पौडेल, उपाध्यक्ष एंवम नगर अध्यक्ष का उम्मेद महादेव पोख्रेल, उपमेय पदके उम्मेदवार शिवकुमार िथारु ल्गायतको सहभागि रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu