उदयपुरमा २ गाउँपालिकामा दलित महिला वडा सदस्य निर्विरोध
उदयपुर- उदयपुरको लिम्चुङबुङ र रौतामाई गाउँपालिकामा दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।लिम्चुङबुङ गाउँपालिका वडा नं। १ मा गठबन्धनतर्फकी दलित महिला सदस्य पदकी उम्मेदवार देवकुमारी कामी निर्वाचित भएकी निर्वाचन अधिकृत तुलराज सुनुवारले जानकारी दिए । उनी नेकपा माओवादी केन्द्रकी हुन् ।
त्यस्तै रौतामाई गाउँपालिका १ मा नेकपा एमालेकोतर्फबाट उम्मेदवार बनेकी फूलमाया विक दियाली निर्विरोध निर्वाचित भएकी निर्वाचन अधिकृत सुवासकुमार भट्टराईले जानकारी दिए ।