Connect with us
Kapilvast Forest

विराटनगरमा उमेश र नमिताको फेरि सहकार्य, पाए एउटै चुनाव चिह्न

२०७९, १७ बैशाख शनिबारमा प्रकाशित

 

 

विराटनगर – विराटनगर महानगरपालिकाको मेयर उम्मेदवार उमेश यादव र उपमेयर उम्मेदवार नमिता न्यौपानेले एउटै चुनाव चिह्न पाएका छन् ।जनता समाजवादी पार्टी छाडेको घोषणा गरेका यादवले मेयरमा र सत्तारुढ गठबन्धनप्रति असन्तुष्ट माओवादी केन्द्र विराटनगर महानगर कमिटी सचिव न्यौपानेले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका दिए । गठबन्धनमा आवद्ध दलका नेताहरुले उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा पनि अस्वीकार गरेका यादव र न्यौपानेले एउटै चुनाव चिह्न लालटिन पाएका हुन् ।

 

२०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालिन संघिय समाजवादी फोरम र माओवादी केन्द्रबीच तालमेल हुँदा मेयरमा यादव र उपमेयरमा न्यौपाने उम्मेदवार बनेका थिए । विराटनगरको मेयरमा नेपाली काङ्ग्रेसबाट भीम पराजुली र उपेयरमा इन्दिरा कार्की निर्वाचित भएका थिए ।

पराजुली २३ हजार ३१ मतसहित निर्वाचित हुँदा १४ हजार ९५८ मत प्राप्त गरेका यादव तेस्रो भए । एमाले उम्मेदवार विनोद ढकालले १७ हजार ३ सय ३१ मत प्राप्त गरेका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu