Connect with us
Kapilvast Forest

गठबन्धनको ह्वीप मतदाताले मान्दैनन्, एमालेले ५० लाख बढी मत ल्याउँछ : योगेश भट्टराई

२०७९, १८ बैशाख आईतवारमा प्रकाशित

yogesh_NewsCenterNepal

काठमाडौं – महानगर र उपमहानगर पालिकामा नेकपा एमालेविरुद्ध सत्तागठबन्धनले साझा उम्मेदवार उठाएको छ । देशभर गठबन्धन नभए पनि एमालेसँग तालमेल नगर्न गठबन्धनको निर्देशन छ ।

तर लगभग एकल प्रतिस्पर्धामा उत्रिएको एमालेका सचिव योगेश भट्टराई भने गठबन्धनको ह्वीप मतदाताले नमान्ने तर्क गर्छन् । गठबन्धनका नेताहरुले उम्मेदवारी फिर्ता लिन आफ्नै कार्यकर्तालाई दिएको निर्देशन समेत कार्यान्वयन नभएको बताउने भट्टराई भन्छन्, ‘मतदातालाई शेरबहादुर देउवाजीको ह्वीप लाग्छ ? प्रचण्डजीको ह्वीप लाग्छ ? मतदाताले त्यस्ता सबै ह्वीप तोडिदिन्छन् ।’

 

अहिले पनि एमाले दक्षिण एसियाकै बलियो पार्टी भएको भन्दै उनले आगामी चुनावमा ५० लाख बढी मत ल्याउने दाबी गरे । ‘…हाम्रो मत ५५ लाख हुन्छ । यसमा माधव नेपालले लैजाने एक/दुई लाख घटाउँदा एमालेको लोकप्रिय मत ५० लाख कट्छ’, भट्टराई भन्छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu